एकैदिन तीन जिल्लामा नेपाली कांग्रेसका चुनावी सभा, गगन–विश्वले सम्वोधन गर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १४, शुक्रबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
एकैदिन तीन जिल्लामा नेपाली कांग्रेसका चुनावी सभा, गगन–विश्वले सम्वोधन गर्ने

काठमाडौं, १५ फाल्गुन। नेपाली कांग्रेसले आज (शुक्रबार) तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ । कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा गर्न लागेको हो ।

तीवटै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा सभा हुनेछ ।

यस्तै दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ । ती चुनावी सभाहरूमा अन्य दलका नेता–कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम पनि रहेको कांग्रेसले बताएको छ ।

यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतको सभामा उपसभापति पुष्पा भुसाल पनि उपस्थित थिइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस