प्रदेश २ का कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्षको गोप्य प्रशिक्षण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रदेश २ का कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्षको गोप्य प्रशिक्षण

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुरमा नेता कार्यकर्तालाई गोप्य प्रशिक्षण दिएका छन् ।

जनकपुरस्थित मारवाडी सेवा सदनमा माओवादी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रदेश २ का आठै जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश दिइएको छैन । कार्यक्रम स्थलमा वाइसिएल परिचालित छन् । प्रशिक्षण कार्यक्रम रहेकाले पत्रकारलाई प्रवेश निषेध गरिएको माओवादी प्रदेश सदस्य दीपक यादवले बताए ।

अध्यक्ष प्रचण्डले जनकपुर एयरपोर्टमा प्रशिक्षण कार्यक्रममै सहभागी हुन पत्रकारहरुलाई आग्रह गर्दै त्यहीं सम्बोधन गर्ने बताएका थिए । – NepalPress

ताजा अपडेट

खोजी गर्नुहोस