पर्साको महुवनस्थित विद्यालयमा तोडफोड तथा आगजनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १४, शुक्रबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
पर्साको महुवनस्थित विद्यालयमा तोडफोड तथा आगजनी

वीरगञ्ज, १५ फाल्गुन। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री ने.रा.मा.विद्यालय महुवनमा कक्षा १२ का विद्यार्थीहरूले तोडफोड तथा आगजनी गरेका छन्।

विद्यालयमा शैक्षिक भ्रमणको विषयलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको र माग सम्बोधन नभएपछि विद्यार्थी आक्रोशित बनेको बताइएको छ। विद्यालयका छात्र नितेस पटेल र कुन्दन यादवका अनुसार विगत ८–९ महिनादेखि शैक्षिक भ्रमणको पहल गरिदिन आग्रह गर्दा पनि प्रधानाध्यापक श्रीराम साह रौनियारले कुनै सुनुवाइ नगरेपछि घटना भएको हो।

आक्रोशित विद्यार्थीहरूले विद्यालयमा रहेका टेबल, कुर्सी तथा पानी राख्ने ट्यांकीमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको जनाइएको छ।

घटना उग्र बनेपछि इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी महुवन, निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयको पहलमा अवस्था नियन्त्रणमा आएको बताइएको छ।

हाल विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकबीच वार्ता तथा छलफल भइरहेको र अवस्था सामान्य बन्दै गएको छात्र यादवले जानकारी दिएका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस