संविधान दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ३, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
संविधान दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल, बारा
बाराको बारागढी गाउँपालिका खोपवा बारामा संविधान दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ I गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो वृहत सरसफाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, महिला बालबालिका ईकाइ शाखाकी कल्पना भण्डारी, प्रशासन सहायक गंगा कुमारी दास, वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी,वडा नं. ३ को वडा अध्यक्ष छठुराउत अहिर, वडा नं. ३ को वडा सचिव सुरेन्द्र चौधरी लगायत गाउँपालिका अन्तर्गत विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत स्थानीय जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य, वडा सदस्य, बुद्धिजीवी, समाजसेवी, सञ्चारर्मी लगायतको उपस्थिति रहेको थियो I

ताजा अपडेट

खोजी गर्नुहोस