भुमिपुत्रलाई नागरिकता अभियान प्रभावकारी बन्दै,स्थानिय उत्साहित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ४, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
भुमिपुत्रलाई नागरिकता अभियान प्रभावकारी बन्दै,स्थानिय उत्साहित

राजिव शाह – सर्लाही
सर्लाहीमा नागरिकता नभएकालाई दिलाउन घुम्ती अभियान सुरु गरिएको छ ।
चन्द्रनगर गाउँपालिकाका सात वटै वडामा एक साथ चल्दै, सयौको संख्यामा नयाँ नागरिकता तथा प्रतिलिपी नगरिकताका लागि सम्पूर्ण कागजाग निःशुल्क तयारी गरिदै स्वयंसेवकले परिचालन गरि सेवा सुरु गरिएको भोर संस्थाका अध्यक्ष पचु माझीले जानकारी दिए ।
‘पुस्तौंदेखि नेपालमैं बसोबास गरेर पनि कागजी प्रक्रिया पूरा गर्न नसकेर, प्रहरी प्रशासनसमक्ष पुगी आफ्नो समस्या राख्नसमेत नसक्ने र भएको कागजात प्रमाण पनि जोगाउन नसकेका नागरिकलाई नागरिकता बनाउनमा प्राविधिक र प्रक्रियागत कार्यमा भोर संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतोको नेतृत्वमा अभियानमा सञ्चालन गरिएको हो । भूमिपुत्रलाई नागरिकता अभियान क्रममा चन्द्रनगर गाउँपालिकाको सात वटै वाड्मा उक्त अभियान सुरु गरिएको संस्था अध्यक्ष महतोले बताए । गाउँ गाउँ टोलटोलमा पुगेर संस्था मार्फत फारम भर्ने देखि फोटो खिच्ने काम सकिए लगत्तै आउदो ८ गते शुक्रबार नागरिकता प्रतिलिपी निकाल्ने बताइएको छ ।
भुमिपुत्रलाई नागरिकता अभियानले नागरिकता नागरिकहरु खुशी भएको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस