मदिरा उत्पादक संघको अध्यक्षमा रौतहटका उद्योगपति बाबरा निर्वाचित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ४, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
मदिरा उत्पादक संघको अध्यक्षमा रौतहटका उद्योगपति बाबरा निर्वाचित

राैशन कुमार चाैधरी, रौतहट
रौतहटका उद्योगपति बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
रौतहटको कटहरिया नगरपालिकाको डुमरियामा सञ्चालित जिल्लाकै दोश्रो सबभन्दा ठुलो उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्ड्रस्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
संघको ९ औ वार्षिक साधारण सभा द काउन इम्पोरियल होटेल रबि भवन काठमाण्डाैमा एक कार्यक्रमका विच उद्योगपति बाबरालाई अध्यक्ष पदमा निर्विरोध चुनेको हो ।
संघको अध्यक्षमा बाबरा रौतहटबाट पहिलो पटक सर्वसहमतिले चएन भएका छन ।
यस्तै संघको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फलसिंह क्षेत्री, महा सचिवमा सुरेन्द्र उप्रेती, सचिवमा वरुण कुमार साह निर्वाचित भएको संघले जनाएको छ ।
कार्यकारी सदस्यहरुमा भीमसेन कुमार श्रेष्ठ, नवीन थापा, किसन साह, श्याम साह लगाएत चएन भएको संघका अध्यक्ष बावराले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस