रौतहटमा मधेशी नारीहरुको कठिन जितिया पर्व आईतबार देखि सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटमा मधेशी नारीहरुको कठिन जितिया पर्व आईतबार देखि सुरु

रमेश कुमार यादब ,रौतहट

रौतहटमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको रौनक बढन थालेको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । सो पर्व रौतहटमा आईतबारदेखि मधेशका नारीहरुले मनाउने जितिया पर्व सुरु गरेको छ । सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै रौतहट सहित मधेशका नारीहरुले बिशेष जितिया पर्व मनाउने गर्दछ । आइतबारदेखि विधिवत सुरु भएको जितिया पर्व बुधबार समापन हुने छ । पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओठगन’ (दर) खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ । यस्तो ‘ओगट्न’ मध्यरातपूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको बृन्दावन नगरपालिका–३ का वर्तालु ईन्दु यादब बताउँ छन । ‘ओठगन’ मा दहीचिउरा खाने चलनले अहिले रौतहटका बस्ती÷बस्तीमा शुद्ध दूधको जोहोमा लागी परेका देखिन्छन् । अघिल्लो मध्यरातपूर्व ‘ओठगन’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ ।

पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल सम्म थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यता पनि रहेको छ । सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्ने छन् । अहोरात्र कटाएर नवमी तिथि पर्खदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने यस व्रतको महिमा जन जिब्रोमा रहने गरेको रौतहट बृन्दावन नगरपालिका–३ का भबेश मिश्रा बताउँ छन ।यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोग पछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ।उनले भने‚ ‘सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर प्राप्त हुने वा भएको रौतहटका हिन्दू महिलाहरुमा धार्मिक जन विश्वास रहेको छ । पुत्रको कल्याण र सौर्यवृद्धिको कामना पूरा गराउन पुत्रवती रौतहटका नारीले यस पर्वमा दिवंगत पितृ रिझाउन तर्पण गर्ने गर्छन् । यस व्रतमा पुरुषले पितृपक्षमा दिवंगत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवंगत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको जितिया व्रत बस्दै आउनु भएकी बृन्दावन नगरपालिका–३ का अर्को ब्रतालु ४० वर्षीया नगिया देबी यादबले बताए ।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत संकल्प गरिन्छ । बर्तालुले दिवंगत सासू, जेठानी, नन्द–आमा र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिन्छ। ति सबै दिवंगत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ भने ब्रतालु महिला यादब बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस