रामानन्द चोकको धर्नामा भएको विष्फोटको सुनवाई उच्च अदालतमा सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ११, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
रामानन्द चोकको धर्नामा भएको विष्फोटको सुनवाई उच्च अदालतमा सुरु

जनकपुरधाम । मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनवाई उच्च अदालतमा आइतवारदेखि सुरु भएको छ ।

जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त सञ्जय साह ‘टकला’ लगायतका अभियुक्तहरुमाथिको सुनवाई सुरु भएको हो । जिल्ला अदालत धनुषाको फैसलालाई चुनौतीदिदै साहले उच्च अदालतमा गरेको रिटको सुनाई धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा सुरु भएको हो । सो बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो ।धर्ना बसेका अन्य ३३ जना घाइते भएका थिए ।घाईतेहरु मध्ये कयौंको अंगभंग भएको हो । २०६९ साल वैशाख १८ गते शान्तिपूर्ण ढंगले भइरहेको धर्नामा शक्तिशाली बम विष्फोट गराइएको थियो ।सो बम बिष्फोटको मुख्य अभियुक्त प्रहरीले सञ्जय साहलाई बनाएको थियो ।प्रहरी अनुसन्धानको अधारमा साहलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामापनि धनुषा जिल्ला अदालते साहमाथि जन्मकैदको सजायको फैसला सुनाएको हो । साह हाल कारागार काठमाण्डुमा रहेका छन् ।धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस