भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १३, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!

भारतमा कोभिड १९ संक्रमण दरमा ठूलो गिरावट आएको छ । पछिल्लो २४ घन्टामा १८ हजार ८ सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ठीक हुनेको संख्या लगातार बढिरहेकाले एक्टिभ केस पनि भारतमा ३ लाखभन्दा तल झरेको छ ।

पछिल्लो २४ घन्टामा २८ हजार १ सय ७८ जना कोभिड १९ मुक्त भएका हुन् । यसबचि ३ सय ७८ जनाले भने संक्रमणकै बिचमा ज्यान गुमाएका छन् । 

यससँगै भारतमा कोरोना भाइरस संक्रमणका बिच ज्यान गुमाउनेको संख्या ४ लाख ४७ हजार ७ सय ५१ पुगेको छ। एक्टिभ केस पनि ३ लाखभन्दा मुनि अर्थात् २ लाख ८२ हजार ५ सय २० मा झरेको छ। भारतमा कोभिड १९ मुक्त हुनेको संख्या ३ करोड ३७ लाख १६ हजार ४ सय ५१ रहेको छ।  

भारतमा २४ घन्टामा ५४ लाख १३ हजार ३ सय ३२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । यससँगै खोप लगाउनेको संख्या ८७ करोड ६६ लाख ६३ हजार ४ सय ९० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस