त्रिभुवन विमानस्थलबाट लागूऔषध कोकिनसहित ब्राजिलियन महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २४, शुक्रबार (६ महिना अघि)
  • ४ पटक पढिएको
त्रिभुवन विमानस्थलबाट लागूऔषध कोकिनसहित ब्राजिलियन महिला पक्राउ

काठमाडौँ, २३ श्रावण। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन तस्करीको प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष प्रहरी टोलीले हवाई मार्गबाट नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्तिहरूको निगरानी गर्ने क्रममा ब्राजिलियन महिला एमिल्ली मिकायले सान्तोष फेरेइरालाई पक्राउ गरेको हो ।

गत साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी र नेपालबाट भुटान जान लागेकी २१ वर्षीया फेरेइराले लगाएको कालो रङ्गको ब्राभित्र लुकाएर राखेको अवस्थामा तरल कोकिन बरामद गरिएको थियो। उनको साथबाट १ किलो ९५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।

फेरेइरामाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस