धनकुटामा गाडी दुर्घटना हुँदा : १७ जना घाइते, ३ जना गम्भीर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २६, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
धनकुटामा गाडी दुर्घटना हुँदा : १७ जना घाइते, ३ जना गम्भीर

धनकुटा, २५ श्रावण। धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।

२ च २३०९ नम्बरको पिकअप गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका तीन जना घाइतेलाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीय रेनुका राई रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरुमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्माचार्य छन् ।

धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका ४ का २४ वर्षीय आशिष राई, साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बु, मुलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ पनि घाइते छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस