खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

वीरगन्ज, २७ श्रावण। पर्साको ठोरीमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका -२ हनुमाननगरका मनोजय कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन् । 

वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार,मंगलबार बिहान विद्यालय जानुअघि घरबाट करिब १५० मिटरको दूरीमा रहेको ढेडु खोलामा दुवै दाजुभाइ नुहाउन गएका थिए । खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका दुवै दाजुभाइको त्यहि खाल्डोमा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

दुवै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्‍याउँदा त्यहाँका स्वास्थ्यकर्मीले मृत घोषित गरेको लम्सालले बताए । दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।  

ताजा अपडेट

खोजी गर्नुहोस