खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिए

काठमाडौं, २७ श्रावण। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । 

संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्‍याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस