गाईजात्रामा झडप हुँदा तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • २ पटक पढिएको
गाईजात्रामा झडप हुँदा तीन जना पक्राउ

काठमाडौं, २७ श्रावण। भक्तपुरमा गाईजात्रा मनाउने क्रममा कुटपिटमा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ तथा भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र ३४ वर्षकै राज कपाली रहेका छन् ।

अस्ति आइतवार राति भक्तपुरको टौमडीमा गाईजात्रा मनाउने क्रममा झैझगडा भइरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस