पहिरोमा परेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २९, बुधबार (६ महिना अघि)
  • २ पटक पढिएको
पहिरोमा परेर एक जनाको मृत्यु

इलाम, २८ श्रावण। इलाममा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १२:०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए।

राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए । घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस