न्यूयोर्कमा गोली प्रहारबाट तीनको मृत्यु, आठ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (६ महिना अघि)
  • ४ पटक पढिएको
न्यूयोर्कमा गोली प्रहारबाट तीनको मृत्यु, आठ जना घाइते

अमेरिका, ०२ भदौ । न्यूयोर्कको ब्रुकलिनमा गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय समय अनुसार आइतबार बिहान ब्रुकलिनको क्राउन हाइट्स र्फ्याङ्कलिन एभिन्यूमा सञ्चालित टेस्ट अफ द सिटी लाउन्च बारमा गोली चलेको थियो।

सिटी पुलिस कमिश्नर जेसीका टिस्चका अनुसार आइतबार बिहान ३ : ३० बजे लाउन्च बारमा गोली चलेकोबारे जानकारी पाउनासाथ पुग्दा गोली लागेको अवस्थामा आठ पुरुष र तीन महिला फेला परेका थिए। उनीहरूमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा २७ वर्षीय, ३५ वर्षीय र अर्का एक उमेर सार्वजनिक नगरिएका पुरुष छन् । घटनापछि घाइतेको उपचार जारी रहेको र कुनै पनि घटनाको आरोपित, शंकास्पद व्यक्ति पक्राउ नपरेको पुलिस कमिश्नर टिस्चले जनाएकी छन्।

घटना कुराकानीका क्रममा वा कुनै विवादको परिणाम हुनसक्ने प्रहरीको अनुमान छ । ‘यो घटना कुनै विवादको परिणाम हुनसक्छ। ‘मादक पदार्थ सेवनपछि यो घटना भएको छ। हामी यो घटनाबारे अनुसन्धान गरिरहेका छौँ,’ टिस्चले भनिन्। घटनास्थलमा प्रहरीले ४२ वटा गोलीका खोका र एउटा बन्दुक फेला पारेको थियो ।

न्यूयोर्कका मेयर इरिक एडम्सले अपराधीहरूलाई पक्राउ गर्न र थप अनुसन्धानलाई अघि बढाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस