बस दुर्घटना हुँदा, ४ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
बस दुर्घटना हुँदा, ४ जना घाइते

काठमाडौँ,०३ भदौ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा चामुण्डा बिन्दासैनी नगरपालिका-२ की २७ वर्षीया मिना विष्ट, वडा नम्बर-१ बस्ने ४२ वर्षीय सुरेन्द्र शाही, वडा नम्बर २ की २४ वर्षीया निर्मला  सुवेदी र वडा नम्बर ४ की ७० वर्षीया पुन्टी शाही रहेका छन् ।

बिन्द्रासैनी नगरपालिका-३  देउराली स्थित हाडाकोटको चाल्ने चौताराबाट सुर्खेत आउँदै गरेको क.प्र.०२००१ ख.०१७० नम्बरको मिनी बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको दुल्लु अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस