खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (६ महिना अघि)
  • २ पटक पढिएको
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, ०३ भदौ। मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिए ।

उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस