मकैबारीमा बाँदर धपाउन गएका एक पुरुषको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • २ पटक पढिएको
मकैबारीमा बाँदर धपाउन गएका एक पुरुषको मृत्यु

काठमाडौं, ०४ भदौ। नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका पुरुषको मृत्यु भएको छ । ५८ वर्षका गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा भेटिएका थिए । बुधवार अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । 

उनलाई बाँदरले आक्रमण गरेको अफवाह फैलिए पनि आक्रमण पुष्टि नभएको नुवाकोटका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उनले भने, ‘बारीमा बाँदर आयो कि भनेर हेर्न जानुभएको रहेछ तर, बाँदरले आक्रमण गरेको होइन ।’ 

काठमाडौँमा उपचार गर्न ल्याइँदै गर्दा बाटोमा मृत्यु भएपछि शव नुवाकोट फर्काइएको छ । यसअघि उनिलाई ३ पटकसम्म माइनर हर्ट अट्याक भएको थियो । पारिवारिक सदस्यहरूले उनलाई प्रेसरको पनि समस्या रहेको बताएका छन् । मृतक नेपालीको शरीरमा कुनै चोटपटक नदेखिएको एसपी रेग्मीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस