रौतहटमा अज्ञात युवकको छुरा प्रहार गरी हत्या, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा अज्ञात युवकको छुरा प्रहार गरी हत्या, एक जना पक्राउ

रौतहट, ०४ भदौ। रौतहटको गौर नगरपालिका–५ गौरीशंकर क्याम्पस नजिक अन्दाजी १८ वर्षको युवकलाई चक्कू प्रहार गरी हत्या गरिएको छ।

करिब २० वर्षका देखिने अज्ञात युवकलाई पेट र छातीमा गहिरो चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। रामले चक्कु प्रहार गरी भाग्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस