लागूऔषध ब्राउन सुगरसहित एक महिला बाराबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
लागूऔषध ब्राउन सुगरसहित एक महिला बाराबाट पक्राउ

वीरगञ्ज, ०४ भदौ। बाराको फेटा गाउँपालिका – ९ त्रिवेणी टोलमा लागूऔषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय पार्वती महतो छिन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मङ्गलवार दिउँसो इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा महतोको घरमा खानतलासी गरेको थियो । 

खानतलासीका क्रममा कपडाको झोलाभित्र प्लास्टिकको सानो बट्टामा लुकाई छिपाइ राखिएको अवस्थामा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पार्वती महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लागू औषधको बेचबिखन र प्रयोगविरुद्ध प्रहरीले कडाइका साथ अनुसन्धान र कारबाही अगाडि बढाइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस