फतेपुरमा सिचाइका लागी संघर्ष गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै वडा भेला सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ५, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
फतेपुरमा सिचाइका लागी संघर्ष गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै वडा भेला सम्पन्न

रौतहट, ०५ भदौ। कटहरिया नगरपालिका–६ फतेपुरमा बुधबार एक कार्यक्रमका बिच वडा भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि आजपाका केन्द्रीय बेरा तथा पुर्व मेयर सियाराम कुशवाहाले मधेशका किसानको पीडालाई सम्बोधन गर्न अब ठोस संघर्षको आवश्यकता रहेको उल्लेख गर्दै सिचाइको दीर्घकालीन समाधानका लागि पार्टी अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हालसालै मधेशमा चरम खडेरी र पानीको हाहाकार मचेपछि सरकारले यस क्षेत्रलाई सुखाग्रस्त क्षेत्र घोषणा गरेको छ । यसै सन्दर्भमा किसानलाई राहत दिलाउने संकल्पसहित आयोजित भेलामा उपस्थित नेताहरुले किसानलाई तत्काल राहत दिलाउनुका साथै दीर्घकालीन रुपमा सिचाइ योजनामा राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

भेलाबाट सुरेश दासको नेतृत्वमा ४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नवगठित कमिटीलाई जिम्मेवारीपूर्वक काम गर्न र किसानको पक्षमा निरन्तर आवाज उठाउन नेताहरुले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष नरेश तुरहा, पार्टी स्थायी कमिटी सदस्य अन्जित कुशवाहा, युवा नेता महेश यादवसहित विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा किसानका समस्याबारे छलफल गर्दै सुखाग्रस्त किसानलाई सहायताका कार्यक्रम ल्याउन सरकारलाई दबाब दिने निर्णयसमेत गरिएको छ । भेलामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै नेता कुशवाहाले ईमान्दारीताका साथ संगठनलाई मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मधेशका किसान बाँच्नका लागि सिचाइ नै प्रमुख आधार हो ।

किसानलाई पानी र राहत बिना बचाउन सकिँदैन, त्यसैले हाम्रो संघर्ष निरन्तर हुनेछ ।” यसरी सम्पन्न वडाभेलाले किसानको पक्षमा आवाजलाई थप सबल बनाएको भन्दै उपस्थित कार्यकर्ताहरुले आगामी दिनमा आन्दोलन र योजनामार्फत किसानलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस