मोरङमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ५, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
मोरङमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

 मोरङ, ०५ भदौ। मोरङमा छोरीलाई करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

करिब ६ महिनायता पटक-पटक करणी गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए।

डीएसपी सुनुवारका अनुसार पीडितको आफन्तले दिएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको हो । पीडित छोरी नाबालिका हुन्।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पुरुषविरुद्ध ५ दिन म्याद थप गरिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस