

धनगढी, ०५ भदौ। अछाममा चिप्लिएर खोलामा खसेर बालिकाको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब पौने ३ बजेको समयमा मेल्लेख गाउँपालिका ४ को सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीय छोरी कृति साउँदको खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधि उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।
खोलामा बगेर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
