मोरङमा अटो दुर्घटना हुँदा : एक जनाको मृत्यु, दुई घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
मोरङमा अटो दुर्घटना हुँदा : एक जनाको मृत्यु, दुई घाइते

विराटनगर, ०७ भदौ। मोरङको ग्रामथान गाउँपालिका–७ धोबीयारेमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को२ह ६२६९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।  

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परेर अटोमा सवार ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको हो।  

दुर्घटनामा गम्भीर घाइते भएका उनको मोरङको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
  
उनका अनुसार दुर्घटनामा परेर ग्रामथान–७ का ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन्। उनीहरुको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ । 

दुर्घटनालगत्तै अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर घटनाको भइरहेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस