न्युयोर्कमा बस दुर्घटना हुँदा, पाँच जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
न्युयोर्कमा बस दुर्घटना हुँदा, पाँच जनाको मृत्यु

काठमाडौं, ०७ भदौ। पश्चिमी न्युयोर्कमा न्युयोर्क स्टेट थ्रुवेमा एउटा टुर बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। न्युयोर्क स्टेट पुलिसका अनुसार बसमा ५२ जना सवार थिए।

प्रहरीले जनाएअनुसार बस क्यानाडा–अमेरिका सिमानामा अवस्थित नियाग्रा फल्सबाट न्युयोर्क सिटी फर्किँदै गर्दा नियन्त्रण गुमी पल्टिएको थियो। मृतकमध्ये अधिकांश भारत, चीन र फिलिपिन्सका नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ।

न्युयोर्ककी गभर्नर क्याथी होचुलले स्थानीय अधिकारीहरू उद्धार तथा घाइतेलाई सहयोग गर्ने कार्यमा जुटिरहेको बताएकी छन्। दुर्घटनास्थल, पेम्ब्रोक (बफेलो सहरबाट करिब ४८ किलोमिटर पूर्व) मा एम्बुलेन्स र मेडिकल हेलिकप्टरहरू पठाइएको थियो।

प्रहरीले सुरुवाती जानकारीमा मृतकमध्ये एक बालबालिका रहेको भने पनि पछि त्यो गलत भएको जनाएको छ। बसमा एक वर्षदेखि ७४ वर्षसम्मका यात्रु सवार थिए।

दुर्घटनाका बेला धेरै यात्रु सिटबेल्ट नलगाएको कारण केही व्यक्ति सिटबाट उछिट्टिएको र केही घण्टासम्म बसको भग्नावशेषभित्रै फसेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस