इलाम बजारको एक होटलमा पुरुषको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

इलाम, ०८ भदौ। इलाम नगरपालिका–७, इलाम बजारको एक होटलमा पुरुषको शव फेला परेको छ। भानुपथको बसपार्कस्थित गजुरमुखी होटलमा शव फेला परेको प्रहरीले जनाएको छ।  

पाँचथरको हिलिहाङ गाउँपालिका–३ का अन्दाजी ३४ वर्षे डुपछिरिङ शेर्पाको शव भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी हिजो साँझ होटलमा आएर बास बसेका थिए।  

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकका परिवारजन आएपछिमात्र शव त्यहाँबाट निकालिने छ।

ताजा अपडेट

खोजी गर्नुहोस