सडककै बीचमा खाल्डो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
सडककै बीचमा खाल्डो

सर्लाही, ०८ भदौ। गोडैता नगरपालिका–१० सिसौटिया बजारस्थित सडकमा कल्भर्टको स्ल्याब फुटेर महिनौँ बित्दा पनि मर्मत हुन सकेको छैन। स्ल्याब भत्किएर बीच भाग खाली भएपछि त्यसलाई हटाइए पनि नयाँ स्ल्याब हाल्न नगरपालिकाले पहल नगर्दा सर्वसाधारण आवतजावतमा ठूलो समस्या परेको छ।

सडकको बीचमै खाल्डो बनेपछि ठूला सवारीसाधन गुड्न नसक्ने अवस्था छ। विद्यालय जाने बालबालिका चढ्ने स्कुल बसलाई समेत आउजाउ गर्न मुस्किल भएको छ। पैदल यात्रु हिँड्दा समेत दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्।

“विगत लामो समयदेखि यो समस्या देखिँदै आएको छ। नगरपालिकाले तत्कालै स्ल्याब हालिदिए आवतजावत सहज हुने थियो,” स्थानीयवासीले गुनासो गरे। समस्या दीर्घकालीन बन्दै गएपछि वडाबासीले वडा अध्यक्ष, उपमेयर र मेयरलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस