गुण्डागर्दीमा संलग्न भएको आरोपमा ‘रेस लामा’ भनिने मोक्तान पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
गुण्डागर्दीमा संलग्न भएको आरोपमा ‘रेस लामा’ भनिने मोक्तान पक्राउ

काठमाडौं, ०९ भदौ। गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।

उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । त्यसैले प्रहरीले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको हो ।

यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस