१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • १  पटक पढिएको
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

झापा, ०९ भदौ। १६ वर्षीया नाबालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा कचनकवलका दुई जना पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिकाका ७१ वर्षीय खत्री र सोही स्थानका ५५ वर्षीय तामाङ थरका दुई जना पुरुषलाई बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले स्थानीय पाथिभरा सामुदायिक वनमा लगेर ललाई फकाई, डर, त्रास देखाएर नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । झापा प्रहरीका अनुसार उक्त घटना गत बिहीबार (५ गते) साँझको हो ।

घटना पश्चात आइतबार नाबालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले पौडेल र तामाङलाई नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस