मकवानपुरबाट मिटरब्याज आरोपमा पक्राउ परेका कटुवालविरुद्ध दोस्रो पटक ४ दिन म्याद थप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
मकवानपुरबाट मिटरब्याज आरोपमा पक्राउ परेका कटुवालविरुद्ध दोस्रो पटक ४ दिन म्याद थप

काठमाडौं, ०९ भदौ। मिटरब्याज आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको कविराज कटुवालविरुद्ध दोस्रो पटक थप चार दिनको म्याद थप भएको छ ।

आइतबार ललितपुर जिल्ला अदालतले कटुवाललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

३ भदौमा मकवानपुरबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध पहिलो पटक पनि अनुचित लेदनको कसुरमा पाँच दिन म्याद थप भएको थियो ।

कुटवालले एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएर चार करोड ८६ लाख तिरिसकेको तर पनि अझै बाँकी छ भन्दै दुख दिन थालेको बताइएको छ ।

करिब पाँच करोड रुपैयाँ तिर्दा समेत कार नै कब्जा गरेको आरोप समेत कटुवालमाथि लागेको छ । विभिन्न प्रतिष्ठित व्यक्तिसँग खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै त्यसैको आडमा मिटरब्याजीको धन्दा चलाएको आरोप कटुवालमाथि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस