प्रलोभन देखाएर महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जनकपुरधाम, ०९ भदौ। आर्थिक प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका – २३ का होटल सञ्चालक ४५ वर्षीय अजिज राइन पक्राउ परेका छन्। राइनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पीडित परिवार तथा मानव अधिकारकर्मीहरूले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो।

धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पक्राउ परेका राइनविरुद्ध मानव बेचबिखन र यौनजन्य अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। “यो संवेदनशील प्रकृतिको मुद्दा भएकाले विस्तृत अनुसन्धान र प्रमाण संकलनमा हामी जुटिरहेका छौं,” सिंहले बताए।

उक्त घटनाले राष्ट्रिय मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गरेको छ। आयोगको मधेश प्रदेश कार्यालयमा समेत उजुरी दर्ता भएको छ। आयोगका प्रमुख बुद्धनारायण सहनीले यसलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा लिइएको बताए। उनका अनुसार, प्रारम्भिक तथ्य संकलन सुरु भइसकेको र आवश्यक परेमा सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिनेछ।

प्रारम्भिक अनुसन्धानका आधारमा राइन लामो समयदेखि महिलाहरूलाई विभिन्न बहानामा फसाई यौन शोषण गर्दै आएको आशंका गरिएको छ। प्रहरीका अनुसार, थप प्रमाण र विवरण संकलनपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस