पाँच हजार नपाएपछि जिउँदो कुखुरा सहित मोटरसाइकल नै सशस्त्र प्रहरीद्वारा पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
पाँच हजार नपाएपछि जिउँदो कुखुरा सहित मोटरसाइकल नै सशस्त्र प्रहरीद्वारा पक्राउ 

बारा, ०९ भदौ। सिमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै भक्षक भएको एक घटना सार्वजनिक भएको छ। सशस्त्र प्रहरी १२ नम्बरले बाराको सिमा नाकाबाट तस्करी ग्रिन सिग्नल नै दिएको छ। जसको फलस्वरूप बाराको सम्पुर्ण सिमानाकाबाट स-साना ब्यापारीहरु सहित ठुलो ब्यापरीहरुले तस्करी गर्न लाईन पाएका छन्।

तस्करीको लाईनबाट समयमा पैसा पाए सबै ठिक , नपाए बेठिक। त्यसैको उदाहरण आईतबार सशस्त्र प्रहरी बलले पाँच हजार नपाएपछि जिउँदो कुखुरा सहित मोटरसाइकल नै पक्राउ गरेको छ। किलो

केहि ब्यापारीहरुले मटिअर्वा नाकाबाट आईतबार तिन वटा मोटरसाइकलमा जिउँदै कुखुरा लिकाठमाडौं गर आउँदा सशस्त्र प्रहरीले रु पाँच हजार माग गरेका थिए। पाँच हजार नदिएपछि जिउँदो कुखुरा सहित मोटरसाइकल नै पक्राउ गरेको नाम उल्लेख नगर्ने शर्तमा एक ब्यापारीहरुले यस दैनिकलाई जानकारी दिएका छन्।

उक्त ब्यापारीको अनुसार सशस्त्र प्रहरीको मासिक रकम एक दुई दिन ढिला भए मालसमान नै पक्राउ गर्ने गरेको आरोप रहेको छ।

यस विषयमा सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीसँग कुरा गर्दा यस्तो नहुनुपर्ने तर सशस्त्र प्रहरीले पैसा माग गरेको सप्रमाण आए कार्वाही गरीने बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस