बर्दियाको फुलराम चोकबाट ४८ लाख बराबरको इलेक्ट्रिक भेप बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
बर्दियाको फुलराम चोकबाट ४८ लाख बराबरको इलेक्ट्रिक भेप बरामद

काठमाडौँ, ०९ भदौ। बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ । सोमबार बिहान १ बजेतिर करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेपको सङ्ख्या १ हजार ९२० थान छ ।  भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस