व्यवसाय गर्ने प्रलोभनमा पारेर २० लाख ठगेको आरोपमा एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • ४ पटक पढिएको
व्यवसाय गर्ने प्रलोभनमा पारेर २० लाख ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौँ, ०९ भदौ। साझेदारीमा व्यापार व्यवसाय गरेर राम्रो नाफा आर्जन गर्ने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठगी गर्ने समूहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-४ घर भएका अमित महतो भनिने कृष्ण मुर्मु रहेको पाँचथर प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको बताइएको छ ।

मुर्मुले नवलपरासीका जोगबहादुर थारु र बच्चु गुरुङसँगको मिलेमतोमा फाल्गुनन्द-२ का चक्रराज रम्तेललाई साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसायबाट नाफा आर्जन गर्ने प्रलोभन देखाएर २० लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

पक्राउपश्चात् पाँचथर ल्याइएका मुर्मुलाई हिरासतमा राखी अनुसन्धान सुरु गर्नका साथै ठगीमा संलग्न थारु र गुरुङको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिारी प्रहरी निरीक्षक रुपेश तामाङले जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस