मोरङको सौँठा चोकमा आगलागीबाट ३ पसल जले, ८ लाख बराबरको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मोरङको सौँठा चोकमा आगलागीबाट ३ पसल जले, ८ लाख बराबरको क्षति

विराटनगर, ०९ भदौ। मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा आगलागी हुँदा ३ वटा पसल जलेका छन्। सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। 

आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीय, नेपाल र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस