काठमाडौंमा नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौंमा नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ०९ भदौ। नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको आरोपमा सोलुखुम्बु दूधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटीक्याफेमा अवैध सुनको खरिद बिक्री भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको हो। 

साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस