
काठमाडौं, १२ भदौ। तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।
उक्त ठाउँमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरकोे कोठामा चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको प्रहरीले बताएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका–२५ खोकनामा पनि २ लाख रुपैयाँ चोरी भएको छ । खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट बुधबार दिउँसो २ लाख रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।
