नुवाकोटको होटलमा जुवा खेलेको आरोपमा २२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
नुवाकोटको होटलमा जुवा खेलेको आरोपमा २२ जना पक्राउ

नुवाकोट, १२ भदौ। प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको एसपी रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस