जापानिज इन्सेफलाइटिसबाट मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ४ पटक पढिएको
जापानिज इन्सेफलाइटिसबाट मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु

वीरगञ्ज, १३ भदौ। मुलुकभर जापानिज इन्सेफलाइटिस (JE) को प्रकोप बढ्दै जाँदा अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार जुलाई महिनामा तीन र अगस्ट महिनामा १७ जनाले ज्यान गुमाएका हुन्। उनले तराई क्षेत्रमा यो रोगको जोखिम बढी रहेको बताएका छन्।

कोशी प्रदेशमा झापा, मोरङ र तेह्रथुममा एक/एक गरी तीनजनाको मृत्यु भएको छ भने मधेश प्रदेशको रौतहट र बारामा दुई/दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै चितवन र नवलपरासीमा तीन÷तीन, पश्चिम नवलपरासीमा दुई, अर्घाखाँचीमा एक, प्युठान, दाङ र बर्दियामा गरी तीन र कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।

डा. गौतमले जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइ रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरे। उनका अनुसार यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई टोक्दा सर्छ। विशेष गरी बिहान र बेलुकी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए।

गत वर्ष देशभर यो रोगका कारण २५ जनाको मृत्यु भएको थियो। वर्षायाममा बढी देखिने भएकाले घर वरिपरि सरसफाइ गर्न, खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन तथा व्यक्तिगत सतर्कता बढाउन डा. गौतमले सबैलाई आग्रह गरे। उनका अनुसार जापानिज इन्सेफलाइटिस लागेका व्यक्तिमध्ये करिब ३० प्रतिशतले ज्यान गुमाउने गरेका छन्। उनले डेंगीभन्दा यो रोग बढी जोखिमपूर्ण रहेको चेतावनी समेत दिए।

ताजा अपडेट

खोजी गर्नुहोस