धनुषामा मोबाइल पसल फोडी चोरी गर्ने गिरोह पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जनकपुरधाम, १४ भदौ। धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकमा रहेको ‘राज कुमार मोबाइल पसल’मा चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरले गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, सोही ठाउँका १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डललाई पक्राउ गरेकाे हाे ।

जिल्ला धनुषाधाम नगरपालिका–८ केसरकट्टीका ५१ वर्षीय राज कुमार साहले सञ्चालित पसलको सटरको ताला फोडी गत भदौ ६ गते राति विभिन्न किसिमका ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, १५५ थान हाते घडी, ५ थान देवाल घडी, ५ डब्बा टेम्पर ग्लास, ६ थान टर्च र नगद ९८ हजार ७ सय ६५ रुपैयाँसहित करिब १० लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, सीसी क्यामेराको सहयोगमा अनुसन्धान अघि बढाउँदा घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । उनीहरूका साथ र लुकाइएको स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ड, मोबाइल चार्जर, लेन्सलगायतका सामान बरामद गरिएको छ ।

पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे र अन्य फरार आरोपीहरूको खोजी जारी रहेको प्रहरी निरिक्षक यादवले वताए ।

ताजा अपडेट

खोजी गर्नुहोस