सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिनको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिनको निधन

बुटवल, १४ भदौ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ ।

नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।

नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए ।

बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए ।

‘उहाँ हिजो (शुक्रबार)मात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो’, वडाध्यक्ष मुसलमानले भने ।

नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी ७० वर्षका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस