वीरगञ्जमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ किलोको मालाले स्वागत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
वीरगञ्जमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ किलोको मालाले स्वागत

वीरगञ्ज, १४ भदौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् ।

राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

निर्देशन अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु,  केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस