सुर्खेतमा अवैध यौनजन्य गतिविधि : होटल सञ्चालकसहित १३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
सुर्खेतमा अवैध यौनजन्य गतिविधि : होटल सञ्चालकसहित १३ जना पक्राउ

सुर्खेत,१४ भदौ। वीरेन्द्रनगरमा अवैध यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा तीन होटलका सञ्चालक सहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार शुक्रबार साँझ वीरेन्द्रनगर–६ स्थित विभिन्न होटल तथा रेस्टुरेन्टमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उक्त क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा आकस्मिक जाँच गरेको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको डीएसपी बुढ्थापाले बताए ।

उनका अनुसार, वीरेन्द्रनगर–६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लजबाट सोही रेस्टुरेन्टका सञ्चालक दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैसी, वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय कविप्रसाद पौडेल, र जाजरकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मा बस्दै आएकी २६ वर्षीया दिक्षा ठकुरीलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, आँगन होटलबाट डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय मनचन्द्र सार्की, सोही स्थानका १९ वर्षीय मनरुप सार्की, १९ वर्षीय कृष्ण सार्की, र दैलेख गुराँस गाउँपालिका–३ की १९ वर्षीया हिमा बुढा क्षेत्री पक्राउ परेका छन् ।

प्रहरीले सुरेश होटलकी सञ्चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ की ३४ वर्षीया देविका शाही र सुर्खेत बराहाताल गाउँपालिका–४ की २१ वर्षीया अमृता मगरलाई पनि नियन्त्रणमा लिएको छ ।

यसैगरी, घिमिरे होटलबाट अछाम साँफेबगर नगरपालिका–४ का ४५ वर्षीय लोक बहादुर दियाली, होटलका सञ्चालक वीरेन्द्रनगर नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर घिमिरे, वीरेन्द्रनगर नगरपालिका–१० की १७ वर्षीया रितु थापा, र कालिकोट सानीत्रिवेणी गाउँपालिका–७ का १५ वर्षीय सञ्जु विश्वकर्मालाई पक्राउ गरिएको डीएसपी बुढ्थापाले जानकारी दिए ।

पक्राउ परेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस