धनुषाको झण्डाचोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
धनुषाको झण्डाचोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार

जनकपुरधाम, १४ भदौ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०  झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ ।

मुर्ती विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा  दुई समुदनयबीच  विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरी समक्ष नआएको डिएसपी सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस