अरनिको अस्पतालमा शौचालयभित्र सालनालसहितको शिशु फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
अरनिको अस्पतालमा शौचालयभित्र सालनालसहितको शिशु फेला

विराटनगर, १४ भदौ। मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पतालको शौचालयमा सालनालसहितको शिशु फेला परेको छ ।

शनिबार बिहान उर्लाबारी बजारमा रहेको अरनिको अस्पतालको शौचालयभित्र सालनालसहितको शिशु फेला परेको हो । शिशुको तौल १ किलो २ सय ग्राम छ ।

शौचालयबाट शिशु रोएको आवाज आएपछि अस्पतालका कर्मचारीले हेर्दा सालनालसहितको शिशु फेला पारेका थिए । लगत्तै अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

अभिभावक नभेटिएका कारण प्रहरीले एन्जल फाउन्डेसन मार्फत शिशुलाई दमकको कियोच बाल अस्पतालमा भर्ना गरेको छ ।

एन्जल फाउन्डेसनका जनरल म्यानेजर सन्तोष कार्कीका अनुसार एनआइसीयूमा उपचार भइरहेको छ । अभिभावक नभेटिएका कारण तत्काललाई शिशुको उपचारको जिम्मा फाउन्डेसनले लिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले शिशुलाई अस्पतालको शौचालयमा छाड्ने अभिभावकको खोजी गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस