मोबाइल चोरी आरोपमा कुटपिट: दलित युवाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १५, आईतबार (५ महिना अघि)
  • २ पटक पढिएको
मोबाइल चोरी आरोपमा कुटपिट: दलित युवाको मृत्यु

रौतहट, १५ भदौ। रौतहटमा मोबाइल चोरी गरेको आरोपमा कुटपिटबाट गम्भीर घाइते भएका एक दलित युवाको मृत्यु भएको छ। वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे।

‘रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकलको चैन, मुक्काले कुटपिट गरी मोबाइल चोरी गरेको स्वीकार्न लगाए । कुटपिटमा सञ्जय, विजय र उनका बुबा शिवनाथ यादवसमेतले निर्घात कुटपिट गरेका थिए,’ भाइ दर्शनको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस