रौतहटमा करेन्ट लागेर एक पुरुषलाई मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १६, सोमबार (५ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा करेन्ट लागेर एक पुरुषलाई मृत्यु

रौतहट, १६ भदौ। रौतहटको बौधीमाइ नगरपालिका –४, इनरबारिका एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

खेतमा पानी हाल्नेक्रममा विद्युतीय मोटरमा करेन्ट लागेर सोमबार बिहान १० बजेर २५ मिनेटको समयमा मिश्र घाइते हुनु भएको थियो । घाइते भएपछि मिश्रलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो ।

प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा सोमबार बिहान ११ बजेर १२ मिनेटमा मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले बताउनुभयो । मिश्रको करेण्ट लागेर मृत्यु भएपछि बौधीमाइ नगरपालिका पूर्व नगर प्रमुख राजीवरञ्जन यादवले सरकारलाई किसानप्रति संबेदनशील हुन ध्यानाकर्षण गराउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस