ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १६, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला पक्राउ

काठमाडौँ, १६ भदौ। ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन् । रुपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी हुन् । 

युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस