लागूऔषध बोकेकाे जहाजमामाथि अमेरिकी सेनाकाे आक्रमण, ११ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १८, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
लागूऔषध बोकेकाे जहाजमामाथि अमेरिकी सेनाकाे आक्रमण, ११ जनाको मृत्यु

काठमाडौं, १८ भदौ।   दक्षिण क्यारिबियनमा लागूऔषध बोकिरहेको एउटा जहाजमाथि अमेरिकाले आक्रमण गर्दा ११ जना ‘नार्कोटेररिष्ट’ को मृत्यु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुरा बताएका हुन् ।

मंगलबार अमेरिकी सेनाले गरेको सो अपरेशनमा भेनेजुएलाका लागूऔषध तस्कर समूह ट्रेन दि अरागुआलाई लक्षित गरिएको थियो । जहाज विदेशी जलक्षेत्रमा रहेको अनि यो गैरकानुनी लागूऔषध बोकेर अमेरिकातिर आइरहेको ट्रम्पले बताएका छन् ।

हालैका हप्तामा ट्रम्प प्रशासनले भेनेजुएली राष्ट्रपति निकोलस मदुरोमाथि सैन्य र राजनीतिक दबाब बढाइरहेको छ ।  मदुरोलाई पक्राउ गर्न सघाउने जानकारी दिनेलाई दिइने भनेको पुरस्कार राशी बढाएर अमेरिकाले केही अघि ५ करोड डलरमा पुर्याएको थियो ।

अमेरिकाको जुनसुकै सैन्य हस्तक्षेप विरुद्ध लड्ने मदुरोले कसम खाएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस